May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

आईपील: बेंग्लोरसँग मुम्बई इण्डियन्स २ विकेटले पराजित

  • 8
    Shares

नयाँ दिल्ली, इण्डियन प्रिमियर लीग (आईपील)को
१४औं संस्करणमा रोयल च्यालेञ्जर्स बेंग्लोरले विजयी शुरुवात गरेको छ । शुक्रबार आईपीलको उद्घाटन खेलमा बेंग्लोरले साविक विजेता मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।

१ सय ६० रनको मध्यम लक्ष्य बेंग्लोरले ८ विकेटको नोक्सानीमा अन्तिम बलमा भेट्टाएको थियो । जसका लागि एबी डिभिलियर्सले ४८, ग्लेन म्याक्सवेलले ३९ तथा कप्तान विराट कोहलीले ३३ रन बनाए । बलिङ्मा मुम्बईका जसप्रित बुमराह र मार्को जान्सेनले समान २-२ विकेट लिए ।

यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । मुम्बईका क्रिस लिनले सर्वाधिक ४९ रन बनाएका थिए । यस प्रतियोगिता अन्तर्गत आज मुम्बईमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको