March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ला लिगा फूटबल: बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौं, स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । ला लिगाको सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० गोलको साँघुरो जित निकालेको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि ओउस्माने डेम्बेले गरेको गोल नै निर्णायक बन्यो । उनले ९०औं मिनेटमा रोनाल्ड आराउजोको पासमा गोल गर्न सफल भएका थिए ।

यसअघि ७९औं मिनेटमा रियलका ओस्कार प्लानोले सिधै रेड कार्ड पाएका थिए । जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी एक अंकमा झारेको छ ।

एट्लेटिकोको २९ खेलबाट ६६ अंक हुँदा समान खेलबाट बार्सिलोनाले ६५ अंक जोडेको छ । त्यस्तै तेस्रो स्थानका रियल मड्रिडको पनि समान २९ खेलबाट ६३ अंक छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको