April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडसँग ब्राइटन २–१ गोलले पराजित 

काठमाडौं, म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा एक गोलले पछाडि रहेको स्थितिमा ब्राइटनलाई २–१ ले हराएको छ ।

जसका लागि मार्कस रसफोर्डले ६२औं मिनेटमा बराबरी गोल गरेपछि म्यासन ग्रिनउडले ८३औं मिनेटमा निर्णायक गोल गरे । यसअघि ब्राइटनले ड्यानी वेलब्याकको गोलले अग्रता लिएको थियो ।


जितसँगै म्यानचेस्टरको ३० खेलबाट ६० अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक रहेको छ ।

यस्तै आइतबार भएको अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–१ र साउथह्याम्पटनले बर्नलीलाई ३–२ ले हरायो । न्युकासल र टोटनहमबीचको खेल भने २–२ को बराबरीमा रह्यो ।

शीर्ष समाचार

धेरै पढिएको