April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अलमुताइरी

  • 18
    Shares

काठमाडौं, कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । 

उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको एन्फाको टेक्निकल कमिटीका प्रमुख कृष्ण थापाले बताएका छन् ।


अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् ।

विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको