April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

आहा रारा गोल्डकप: एपीएफ क्लवको पहिलो जितसँँगै सेमिफाइनलमा प्रवेश

काठमाडौं, एपीएफ क्लव आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार उद्घाटन खेलमा घरेलु टिम सहारा क्लवलाई एक शुन्यको झिनो अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा आशिष लामाको एकमात्र गोलले एपीएफलाई सेमिफाइनलमा पुर्याएको हो । आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिएका छन् । अब एपीएफले सेमिफाइनलमा मनाङ र संकटाविचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको