
काठमाडौं, शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यहीँ सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि हात पारेको थियो ।
नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको थियो ।







