
काठमाडौं, विश्वकप फुटबल छनोट अन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेल्जियम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् ।
गएराति लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३–१ ले विजयी भयो । यही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २–१ ले पराजित गरेको थियो ।
विश्वकप फुटबल छनौट युरोपेली समुह ‘इ’ को खेलमा बेल्जियमले बेलारुसलाई ८–० को फराकिलो अन्तरमा हराउँदा वेल्सले चेक रिपब्लिकमाथि १–० को जित निकालेको छ ।
समूह ‘जी’ को खेलमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ७–० ले पाखा लगाउँदा नर्वेले मोन्टेनेग्रोलाई १–० ले हराएको थियो । यस्तै, यहीँ समूहको अर्को खेलमा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेलेका छन् ।एजेन्सी







