
काठमाडौं, त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल सोमबार साँझ ५ः३० बजे शुरु हुनेछ ।
दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।
नेपाली राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनका अनुसार फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको छ ।
यसअघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले नेपालको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुने बताएका थिए ।







