
काठमाडौं, फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत गएराति पोर्चुगल र सर्बियाले २–२ गोलको बराबरी खेलेका हुन् ।
सर्बियाको मैदानमा पोर्चुगलले शुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो । डिओगो जोटाले ११औं र ३६औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सर्बियाले दुई गोल थप्न सफल भयो ।
उसका लागि ४६औं मिनेटमा एलेक्सजाण्डर मित्रोभिक र ६० औं मिनेटमा फिलिप कोष्टिकले गोल गरेका थिए ।
यहीँ समूहको अर्को खेलमा लक्जमवर्गले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले हरायो । समूह ए मा २ खेलबाट समान ४ अंकसहित सर्बिया पहिलो तथा पोर्चुगल दोस्रो स्थानमा छन् ।एजेन्सी







