July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

त्रादेशीय फूटबल प्रतियोगिताको दोस्रो खेलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिदेशीय फूटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा आवश्यक पर्दछ । बंगलादेश भने यसअघि नै फाइनल पुगिसकेको टोली हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ साढे पाँच बजे शुरु हुनेछ । बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानको यू–२३ टोलीलाई १–० ले हराएको थियो । नेपालले भने पहिलो खेलमा कीर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोड्दा नेपालले समान खेलबाट १ अंक जोडेको छ । कीर्गिस्तानको भने २ खेलमा १ अंक छ । उता कीर्गिस्तानकोसमेत फाइनल पुग्ने सम्भावना भने कायमै रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको