June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

विश्वकपको पहिलो छनोटमा फ्रान्स र युक्रेन बराबरीमा रोकियो

काठमाडौं, विश्व विजेता फ्रान्स विश्वकप फूटबलको पहिलो छनोट खेलमा बराबरीमा रोकिएको छ ।युरोपेली क्षेत्रको छनौट अन्तर्गत गएराति सम्पन्न भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले सुरुवाती अग्रता दिलाए । तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेका थिए ।

फ्रान्सकै खेलाडीको आत्मघाती गोल उपहार पाएको युक्रेनले त्यसपछि रक्षा लाईन मजबुद बनाएको थियोे । फ्रान्सले गोलको केही अवसर पाए पनि सदुपयोग हुन सकेन ।

समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् । यो समूहमा रहेको काजखस्तानले भने पहिलो खेल नै खेल्न बाँकी छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको