April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

ला लिगा: सोसिडाडलाई ६–१ गोलले हराउँदै मेस्सीको किर्तिमानी जित

  • 6
    Shares

काठमाडौं, बार्सिलोनाले स्पेनिस ला लिगामा लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ ।

गाए राति सम्पन्न भएको खेलसँगै मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई तोडेका हुन् ।

३३ वर्षीय अर्जेन्टिनी फरवार्डको यो क्लबका लागि ७६८ औँ खेल थियो । एन्टोनी ग्रिजमानले बार्सिलोनाका लागि सुरुवाती गोल गरे भने सर्जिन्हो डेस्टले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेलेले पनि एक गोल थपे ।

मेस्सीले यो सिजन २३ गोल गर्न सफल भएका छन् । बार्साका रेकर्ड गोलस्कोररले क्लबका लागि ६६३ गोल गरेका छन् । ला लिगामा उनले सर्वाधिक ४६७ गोल गरेका छन् । जीतसँगै रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको