प्रिमियर लिग: लिड्स युनाइटेडसँग फुलह्याम २–१ गोलले पराजित

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । गएराति भएको सम्पन्न खेलमा लिड्सले फुलह्याममाथि २–१ गोल अन्तरले विजयी भएको हो ।
जितसँगै लिड्स युनाइटेड ३९ अंकका साथ ११ औं स्थानमा रहँदा २६ अंक जोडेको फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ ।
लिड्सका लागि पेट्रिक बामफोर्ड र राफेल बेलोलीले एक एक गोल गर्दा जोचिम एन्डरसनले एक गोल फर्काएका थिए । लिड्सका लागि २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। एन्डरसनले ३८ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा एक एक गोल भएको खेलमा लिड्सले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि राफेलले ५८ औं मिनेटमा गोल गरेपछि लिड्स २–१ गोल अन्तरले विजयी हुन पुग्यो ।एजेन्सी
प्रतिकृया दिनुहोस्