April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेपाल सुपर लिग ‘एनएसएल’को अक्सन आज

  • 3
    Shares

काठमाडौं, नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’को खेलाडी किनबेच तथा अक्सन आज हुँदैछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन शुक्रबार राजधानीको एक होटलमा गर्न लागेको हो । अक्सनबाट सातवटा फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।

अक्सनमा कुल १ सय ५८ जना खेलाडीको सुचि एन्फाले सार्वजनिक गरेको छ भने ए श्रेणीमा ३५, बी श्रेणीमा ६५ र सी श्रेणीमा ५८ जना खेलाडी समावेश छन् ।

प्रतियोगिता बैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउँदैछन् ।

शीर्ष समाचार

धेरै पढिएको