August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं, सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।

सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुने छ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।

अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुने छ । सामाजिक र स्वयम्भुबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ । दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको