August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

ला लिगा: हुएस्कालाई ४–१ गोलले पराजित गर्दै बार्सिलोनाको शानदार जित

काठमाडौं, क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले एसडी हुएस्कालाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दूरी छोट्याउँदै दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोनाका लागि एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले एक एक गोल गरेका थिए । हुएस्काका लागि राफा मिरले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको