July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

दोस्रो टी ट्वान्टी खेलमा भारतसँग इंग्ल्याण्ड सात विकेटले पराजित

काठमाडौं, भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो टी ट्वान्टी खेलमा सात विकेटको जित निकालेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै पाँच खेलको टी ट्वान्टी १–१ को बराबरीमा आएको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको १६५ रनको लक्ष्य भारतले १७ ओभर पाँच बल खेलेर तीन विकेटको क्षतिमा १६६ रन बनाएर पुरा गर्यो ।

लोकेश राहुलको रुपमा पहिलो विकेट गुमाएको भारतका अर्का ओपनर ब्याट्सम्यान इशान किशनले ५६ रनको पारी खेलेर जितका लागि आधार तयार गरे ।

भारतका लागि पहिलो पटक अन्तर्राष्ट्रिय स्पर्धा खेलेका किशनले आफ्नो डेब्यु खेलमै अद्र्धशतक लगाए । कप्तान विराट कोहलीसँग किशनले ९४ रनको साझेदारी गरे ।

कप्तान कोहलीले भने ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ७३ रन बनाएर अविजित गरे । ऋषभ पन्त २६ रन बनाएर पेभेलियन फर्किदा श्रेयास ऐयरले आठ रन बनाएर कोहलीसँगै अविजित
रहे । इंग्ल्याण्डका लागि साम कर्रन, क्रिस जोर्डन र आदिल राशिदले एक एक विकेट लिएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको