August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

प्रिमियर लीग: म्यानचेष्टर युनाइटेड, लेष्टर सिटी, आर्सनल र ब्राइटन विजयी

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, लेष्टर सिटी, आर्सनल र ब्राइटन विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई १–० गोलले हराएको थियो । युनाइटेडको जितमा आत्मघाती गोल नै निर्णायक बन्यो ।

५३औं मिनेटमा वेष्ट ह्यामका क्रेग डाउसनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । जितसँगै युनाइटेडले २९ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको ३० खेलबाट ७१ अंक छ ।

यस्तै प्रिमियर लीगकै अन्य खेलमा लेष्टरले सेफिल्ड युनाइटेडलाई ५–० ले तथा आर्सनलले टोटेनह्यामलाई र ब्राइटनले साउथह्याम्टनलाई समान २१ गोलले हराए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको