August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

मेयर्स कप क्रीकेट: एपीएफलाई ८ विकेटले हराउँदै पुलिस क्लबको हातमा उपाधि

काठमाडौं, एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।

शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनलमा पुलिससँग एपीएफ ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैंया पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ३ लाख पाएको छ ।

पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ५९ रन बनाए । अनिल साह र कुशल भुर्तेलले १५–१५ तथा दिपेन्द्र सिंह ऐरीले ११ रनको योगदान गरेका थिए । एपीएफका अविनाश बोहरा र भुवन कार्कीले १–१ विकेट लिएका थिए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८र१८ रनको योगदान गरे । कप्तान शरद भेषावकर र आसिफ शेख सुन्य रनमा आउट भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको