June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

टिट्वान्टी खेल: भारतलाई ८ विकेटले हराउँदै इङल्यान्डको शानदार जीत

काठमाडौं, इङल्यान्डले पहिलो टिट्वान्टी खेल अन्तर्गत गए राति सम्पन्न खेलमा घरेलु टोली भारतलाई ८ विकेटले हराउँदै शानदार जीत निकालेको छ ।

पहिलो टिट्वान्टी खेलमा भारतलाइ हराउँदै इङल्यान्डले ५ टिट्वान्टी सिरिजमा १ शुन्यको अग्रता लिएको हो ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली भारत २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ समेटिएको थियो ।

१ सय २५ रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको इङल्यान्डले १५ दशमलब ३ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि यो जीत इङल्यान्डको पोल्टामा गएको हो ।

पहिलो विकेटका लागि जेसन रोय र जस वटलरले ८ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात गरेपछि इङल्यान्डलाइ जीत निकाल्न सहज भएको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको