June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

युरोपा लिग: म्यानचेस्टर युनाइटेड र एसी मिलानलबिच बराबरी

काठमाडौं, युरोपा लिग अन्तिम १६ पहिलो लेगको बिहीबार सम्पन्न भएको खेलमा म्यानचेस्टर युनाइटेड र एसी मिलानले १–१ को बराबरी खेलेका छन् ।

अमड डिएलोको गोलले म्यानचेस्टरले सुरुवाती अग्रता लिएको थियो । मिलानका लागि दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सिमोन केजरले बराबरी गोल फर्काएका थिए ।

दुई इंग्लिस प्रिमियर लिग क्लब टोटनहम र आर्सनल भने विजयी रहे । ह्यारी केनको दुई गोल गरेपछि टोटनहमलर् डायनामो जागरेभलाई २–० ले हरायो भने आर्सनलले ओलम्पियाकोजलाई ३–१ ले पराजित गर्‍यो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको