August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्ट्स

काठमाडौं, युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा युभेन्ट्सले एफसी पोर्टोलाई ३–२ ले हराएपनि क्वार्टरफाइनलमा प्रबेश सुनिश्चित गर्न सकेनन ।

पहिलो लेगमा एफसी पोर्टोले युभेन्ट्सलाई २–१ ले हराएको थियो । समग्रमा खेल ४–४ मा सम्पन्न भएपनि पोर्टोले घर बाहिरको खेलमा बढी गोल गरेकोले ऊ क्वार्टरफाइनलको लागि स्थान सुनिश्चित गरेको हो ।

४९ औं ओभरमा चिसाले गोल गर्दै युभेन्ट्सलाई खेलमा पुनरागमन गराउनुभयो । त्यसअघि सर्जिओ ओलिभेराले १९ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै पोर्टोलाई १–० को अग्रता दिलाउनुभयो । ६३ औं मिनेटमा सिसाले गोल थप्दा युभेन्ट्सले २–१ को अग्रता लियो ।

सर्जिओ ओलिभेराले दोस्रो हाफको अतिरिक्त समयमा लामो दूरीबाट गर्नुभएको फ्री किक प्रहार क्रिष्टियानो रोनाल्डोलाई छिचोल्दै गोलमा परिणत भएपछि एफसी पोर्टोले खेल २–२ को बराबरीमा ल्याएको थियो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको