April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सन्दिपले काठमाडौं मेयर ११ को नेतृत्व गर्दै

काठमाडौं, काठमाडौंमा शनिबारबाट सुरु हुन लागेको मेयर कप क्रिकेटमा लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर ११ को नेतृत्व गर्ने भएका छन् ।

उनी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न गत साता कराँची गएका थिए । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पीएसएल स्थगित हुँदा सन्दीप लामिछानेलाई काठमाडौं मेयर टोलिमा राखिएको छ ।

पीएसएलमा खेलाडीहरु सङ्क्रमित हुन थालेपछि गत् बिहीबारबाट स्थगित हुन पुगेको थियो । सन्दीपले एउटै खेलमा सहभागी नहुँदै नेपाल फर्किनुपर्ने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको