April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

स्पेनी ला लिगा: रियल बराबरीमा रोकियो

  • 3
    Shares

काठमाडौं, रियल म्याड्रिड स्पेनी ला लिगामा सोमबार रियल सोसिडाडसँग १–१ को बराबरीमा रोकिएको छ । भिनिसियस जुनियरले रियलका लागि आफ्नो सयौं खेल खेल्दै अन्त्यतिर बराबरी गोल फर्काएका थिए ।

सोसिडाडले पोर्टुको गोलले अग्रता लिएको थियो । खेल सकिन एक मिनेट अगाडि गोल गर्दै जुनियरले जिनेदिन जिदानको टिमलाई एक अंक दिलाए । यो खेलपछि रियलको २५ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

बार्सिलोना समान अंकमा दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने २४ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको