April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

ला लिगा: बार्सिलोनासँग सेभिया २-० गोलले पराजित

  • 4
    Shares

काठमाडौं, स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ ।

रामोन स्यान्जेज स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि २-० गोलको अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा ओस्माने डेम्बेले र लियोनल मेस्सीले गोल गरे। खेलको २९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै डेम्बेलेले अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले दोस्रो गोल थपे । उनले खेलको ८५ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै २५ खेलबाट ५३ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले २३ खेलबाट ५५ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडले २४ खेलबाट ५२ अंक जोडेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको