टेस्ट सिरिज: इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतको शानदार जित

नयाँदिल्ली, इंग्ल्यान्डविरुद्ध चार खेलका टेस्ट सिरिजअन्तर्गत तेस्रो खेलमा घरेलु टोली भारतले भारतले शानदार जित निकालेको छ । घरेलु मैदान अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो ।
जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पुरा गरेको थियो ।
भारतका लागि रोहित शर्माले अविजित रहदै २५ रन बनाए । यस्तै शुबमन गिलले अविजित १५ रन जोडे । यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए । कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए । भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ४ विकेट लिए ।एजेन्सी
प्रतिकृया दिनुहोस्