March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

च्याम्पियन्स लीग: लाजियोमाथि ४–१ गोलले हराउँदै वायर्नको शानदार जित

  • 5
    Shares

काठमाडौं, च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता वायर्न म्यूनिख र चेल्सी विजयी भएका छन् । वायर्नले इटालियन क्लब लाजियोमाथि ४–१ को शानदार जित निकालेको हो ।

अवे मैदानमा जर्मन क्लब वायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरोय सानेले गोल गरेका थिए । लेवान्डोस्कीले नवौं मिनेटमै वायर्नलाई अग्रता दिलाएका थिए ।

त्यसपछि उसका लागि २४ औं मिनेटमा मुसिएला र ४२ औं मिनेटमा सानेले गोल थपेका थिए । त्यस्तै एक गोल उसले आत्मघाती गोलको रुपमा पाएको थियो ।

४७औं मिनेटमा लाजियोका फ्रान्सिस्को एसर्बीले आत्मघाती गोल गर्न पुगेका थिए । लाजियोका लागि ४९औं मिनेटमा जोआक्लिन कोरोएले सान्त्वना गोल फर्काएका थिए ।

दोस्रो खेल वायर्नको घरेलु मैदानमा मार्च १७ तारिखमा हुनेछ । यस्तै अर्को खेलमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० गोलले हरायो ।

एट्लेटिकोको मैदानमा इंग्लिस क्लब चेल्सीका लागि ओलिभिएर जिरुडले गरेको एकमात्र गोल नै निर्णायक रह्यो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको