February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

प्रिमियर लीग: क्रिष्टलसँग ब्राइटन २–१ गोलले पराजित

  • 1
    Share

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा क्रिष्टल प्यालेस विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत गए राति भएको खेलमा क्रिष्टलले ब्राइटनमाथि २–१ गोलको जित निकालेको हो ।

अवे मैदानमा उसका लागि जिन फिलिपे माटेटाले शरुवाती अग्रता दिलाएका थिए ।

तर ५५औं मिनेटमा ब्राइटनका जोयल भेल्टम्यानले गोल थप्दै खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । त्यसपछि इञ्जुरी समयमा क्रिष्टियन बेनटेकाले गोल गरेपछि क्रिष्टल समग्रमा २–१ ले विजयी भयो ।

जितसँगै क्रिष्टल २५ खेलबाट ३२ अंक जोड्दै तालिकाको १३औं स्थानमा उक्लिएको छ भने ब्राइटन १६औं स्थानमा यथावत् छ ।

शीर्ष समाचार

धेरै पढिएको