July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रिमियर लीग: म्यानचेस्टर सिटीसँग आर्सनल १–० गोलले पराजित

काठमाडौं: प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित निकालेको छ । सिटीले यो लगातार १८ औं जित हासिल गरेको हो ।

अवे मैदानमा सिटीका लागि रहिम स्टरलिङ्ले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको दोस्रो मिनेटमै रियाद महरेजको पासमा गोल गर्न सफल भएका थिए । जितसँगै सिटीको आफ्नो जित १८ खेलसम्म पनि कायमै राखेको छ ।

सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । लीग अन्तर्गत नै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ३–१ गोलले स्तब्ध बनाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको