इटालियन सिरी ए फूटबल: इन्टरसँग एसी मिलान ३–० गोलले पराजित
- hamro_kantipur
- २०७७ फाल्गुन १०

काठमाडौं, इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा मिलान डर्बी अन्तर्गत इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले पराजित गरेको हो ।
अवे मैदानमा इन्टरको जितमा लौटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए ।मार्टिनेजले पाँचौं र ५७ औं मिनेटमा गरी दुई गोल गरेका थिए । त्यसपछि लुकाकुले ६६ औं मिनेटमा अर्को गोल थपेका थिए ।
जितसँगै इन्टरले दोस्रो स्थानको एसी मिलानसँगको अग्रता ४ अंकले बढाएको छ । इन्टरको २३ खेलबाट ५३ अंक हुँदा समान खेल खेलेको एसी मिलानको ४९ अंक छ । एजेन्सी
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्