प्रिमियर लीग: लिभरपुलमाथि एभर्टनको शानदार जित

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा शनिबार सम्पन्न खेलमा लिभरपुल पराजित भएको छ । एभर्टनले साविक विजेता लिभरपुलमाथि २–० को शानदार जित निकालेको हो ।
अवे मैदानमा एभर्टनले तेस्रो मिनेटमै रिचार्लिसनको गोलबाट अग्रता बनाएको थियो । ८३औं मिनेटमा जिल्फी सिगुरडसनले पेनाल्टीमार्फत गोल थप्दै एभर्टनको अग्रता दोब्बर पारेका थिए ।
खेलमा थप गोल हुने नसकेपछि यो एभर्टनको सन् १९ सय ९९ पछि लिभरपुलको घरेलु मैदान एनफिल्डमा पहिलो जित समेत हो ।
यस्तै लिभरपुलले १९ सय २३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ । एभर्टन तालिकाको सातौं स्थानमा तथा लिभरपुल छैठौं स्थानमा कायमै छन् ।
प्रतिकृया दिनुहोस्