February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

स्पेनिस ला लिगा: लेभान्टेसँग एथ्लेटिको २-० गोलले पराजित

  • 11
    Shares

काठमाडौं, स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले पराजित भएको हो । लेभान्टेका लागि होर्गेले एक गोल गरे ।


एथ्लेटिको मड्रिडका हर्मोसोले एक आत्मघाति गोल उपहार दिए । शीर्ष स्थानको एथ्लेटिकोले २३ खेलबाट ५५ अंक जोडेको छ । ३१ अंकसहित लेभान्टे आठौँ स्थानमा छ ।

राति नै भएको अर्को खेलमा मड्रिडले रियल भालाडोलिडलाई एक शुन्यले पराजित गरेको छ । रियलक लागि कासेमिरोले निर्णायक गोल गरेका थिए ।

जितसँगै रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिकोसँगको अंक दूरी तीनमा झारेको छ । दोस्रो स्थानको रियल मड्रिडको २४ खेलबाट ५२ अंक भएको छ । पराजित भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको