August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

च्याम्पियन्स लिग: बोरुसिया डर्टमुण्डसँग सेभिल्ला ३–२ गोलले पराजित

काठमाडौं, च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमुण्डले सेभिल्लालाई पराजित गरेको छ । बुधबार राति सम्पन्न भएको अन्तिम १६ को पहिलो लेगमा डर्टमुण्ड सेभिल्लालाई ३–२ गोल अन्तरले हराएको हो ।

डर्टमुण्डका लागि हाल्याण्डले दुई र मोहोमद दाहुदले एक गोल गरेका थिए । सेभिल्लाका सुसो र लुक डे योङले एक एक गोल गरेका थिए ।

पहिलो लेगमा जितसँगै डर्टमुण्डले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । राति नै भएको अर्को खेलमा युभेन्टसलाई एफसी पोर्टोले दुई एक गोल अन्तरले हराएको छ ।

पोर्टोका लागि मेहेदी तारेमी र मौसा मारेजाले एक एक गोल गरे । युभेन्टसका फेडेरिको चिएसाले एक गोल फर्काए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको