
काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले हराएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा एपीएफको लागि सावित्रा भण्डारीले पाँच गोल गरिन् । योसँगै नौ खेलमा सावित्राले ४३ गोल गरिसकेकी छिन् ।
अर्को एक गोल प्रीती राईले गरिन् ।
लगातारको नवौ जितमा एपिएफ २७ अंक बनाउँदै दिस्रो स्थानमा रहेको नेपाली सेनाभन्दा ५ अंकले अगाडि रहेको छ । १४ अंकसहित वालिङ तेस्रो स्थानमा रहेको छ ।







