
काठमाडौं, फिफा क्लब विश्वकपको उपाधि जर्मन क्लब बायर्न म्युनिखले उचालेको छ । गए राति सम्पन्न भएको फाइनलमा बायर्नले मेक्सिकोको टिग्रेसलाई १–० ले पराजित गर्दै सिजनको छैटौं उपाधि हासिल हो ।
कतारमा भएको उक्त फाइनलमा खेलको ५९ औं मिनेटमा बेन्जामिन पाभार्डले निर्णायक गोल गरे। खेलको ५९ औं मिनेटमा पाभार्डले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरे ।
लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलले मान्यता नपाए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा गोल मान्य भएको थियो । त्यसअघि जोशुवा किम्मिखको गोल भने भीएआरबाट रद्द भएको थियो ।







