March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

प्रिमियर लिग: म्यान्चेस्टर सिटीसँग लिभरपुल ४–१ गोलले पराजित

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साविक विजेता लिभरपुललाई ४-१ गोलले हराएको छ ।

उपाधि होडमा निकै आइतबार राति सम्पन्न खेलमा सिटी लिभरपुलको घरेलु मैदानमै ४–१ गोलको फराकिलो गोल अन्तरमा विजयी भएको हो । सिटीको उक्त जितमा इल्केए गुन्डोगानले २ तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनहम हटस्परले वेष्टब्रमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्स र लेष्स्र सिटीले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा २२ खेलबाट ५० अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ । एक खेल बढी खेलेको म्यान्चेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेस्टरको ४३ अंक छ ।

यस्तै ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ भने पाँर्चौ स्थानको चेल्सीको ३९ अंक भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको