
काठमाडौं, इटालियन सिरी ए फूटबलमा साविक विजेता युभेन्ट्स विजयी भएको छ । सिरी ए मा युभेन्ट्सले रोमालाई २–० गोलले हराएको हो ।
घरेलु टोली युभेन्ट्सलाई क्रिष्टियानो रोनाल्डोले १३औं मिनेटमै अग्रता दिलाएका थिए । ६९औं मिनेटमा रोजर इबानेजले आफ्नै पोष्टमा गोल गरेपछि युभेन्ट्सले खेलमा २- ० को अग्रता बनायो । त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन ।
जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २० खेल खेल्दै ४२ अंक जोडेको छ ।एजेन्सी







