इटालियन सिरी ए फूटबल: रोमालाई २–० गोलले हराउँदै युभेन्ट्स विजयी
- hamro_kantipur
- २०७७ माघ २५

काठमाडौं, इटालियन सिरी ए फूटबलमा साविक विजेता युभेन्ट्स विजयी भएको छ । सिरी ए मा युभेन्ट्सले रोमालाई २–० गोलले हराएको हो ।
घरेलु टोली युभेन्ट्सलाई क्रिष्टियानो रोनाल्डोले १३औं मिनेटमै अग्रता दिलाएका थिए । ६९औं मिनेटमा रोजर इबानेजले आफ्नै पोष्टमा गोल गरेपछि युभेन्ट्सले खेलमा २- ० को अग्रता बनायो । त्यसपछि खेलमा दुबैतर्फबाट थप गोल हुन सकेन ।
जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २० खेल खेल्दै ४२ अंक जोडेको छ ।एजेन्सी
शीर्ष समाचार
- बिरगंजमा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न
- “मुलुकलाई अघि बढ्न नदिने तत्वहरु प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्”
- पहिले जसरी नै संसद् चल्छ, अब दलहरुबीच छलफल र समझदारी हुन्छ: सभामुख सापकोटा
- थप ८१ जनमा कोरोना संक्रमण पुष्टि, ४८ जना डिस्चार्ज
- कैलालीमा ३५ वर्षिय युवक मृत फेला
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्