ला लिगा: हुएस्कालाई २–१ गोलले हराउँदै म्याड्रिड दोस्रो स्थानमा

काठमाडौं, स्पेनिस ला लिगामा रियल म्याड्रिडले हुएस्कामाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले हुएस्कामाथि २–१ को पूनरागमन जित निकालेको हो ।
जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ ।रियललाई जित दिलाउनको लागि दुवै गोल राफयल भरानले गरे । हुएस्काका लागि जाभी गलानले गरेको गोल सान्त्वना बन्यो ।
४८औं मिनेटमा काउन्टर अट्याकमा सिन्जी ओकाजाकीको पासमा जाभी गलानले गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा राफयल भरानले गोल गर्दै रियललाई खेलमा फर्काए ।
मार्को एसेन्सियोमाथि फल भएपछि प्राप्त फ्रिकिकमा करिम बेन्जेमाल गरेको प्रहार क्रसबारमा लागेर फर्कदा भरानले हेडरमार्फत गोल गरेका थिए ।
उसले २१ खेलबाट ४३ अंक जोडेको छ । दुई खेल कम खेलेको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५० अंक रहेको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्