May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

बिग बास लिग: सन्दीप आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी

  • 6
    Shares

काठमाडौं, नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । 

अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । 

सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए ।

लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए । 

यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् ।

लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको