May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

स्पेनिस लिग: भ्यालेन्सीयालाई ३-१ गोलले पराजित गर्दै एथ्लेटिडको शिर्षस्थानमा 

  • 6
    Shares

काठमाडौं, स्पेनिस लिग फुटबलमा गएराति भएको खेलमा एथ्लेटिडको मड्रिडले भ्यालेन्सीयालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

एथ्लेटिकोका लागि हुँवा फेलिक्स, लुइस स्वारेज र एन्जल कोरियाले एक/एक गोल गरेका हुन् । भ्यालेन्सियाका उरोस रासिचले एक गोल फर्काए ।

जितसँगै शिर्षस्थानको एथ्लेटिकोले सात अंकको अग्रता लिएको छ । उसले १८ खेलबाट ४७ अंक जोडेको छ । २० खेलवाट २० नै अंक सहित भ्यालेन्सिया १४ औं स्थानमा रहेको छ ।

राति नै भएको अर्कोए खेलमा बार्सिलोनाले इल्चेलाई २-० ले हराएको छ । बार्सिलोनालाई विजयी गराउन फ्रेन्क डि जोङ र रिकार्ड पुगइले एक एक गोल गरे ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको