May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

प्रिमियर लिग: लिभरपुललाई ३–२ गोलले हराउँदै म्यानचेस्टर एफए कपको पाँचौ चरणमा प्रवेश

  • 10
    Shares

काठमाडौं, प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर युनाइटेड ३–२ गोलको अन्तरले पराजित गरेको छ ।

लिभरपुलमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा मासन ग्रीनवुड, मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गरेपनि अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन ।

ओल्डट्राफोर्डमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले घरेलु टोलीविरुद्ध खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । उनले रोबर्टाे फिर्मिनोको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा मासन ग्रीनवुडले मार्कुस रासफोर्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४८औं मिनेटमा मार्कुस रासफोर्डको गोलबाट युनाइटेडले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

उनले मासन ग्रीनवुडको पासमा गोल गरेका थिए । ५८औं मिनेटमा सलाहले फिर्मिनोको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा सब्सिच्युट ब्रुनो फर्नान्डेसले गाल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाउदै एफए कपको प्रि–क्वाटरफाइनलमा पु¥याए । ब्रुनो ६६औं मिनेटमा डोनी भान डि विकको स्थानमा मैद्यान प्रवेश गरेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको