May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

ला लिगा: आइबरलाई २–१ गोलले हराउँदै एटलेटिको शिर्ष स्थानमा

  • 8
    Shares

काठमाडौं, लुइस स्वारेजले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले बिहीबार स्पेनी ला लिगामा आइबरलाई २–१ ले हराएको छ । प्राप्त नतिजासँगै टोलीले शीर्ष स्थानमा आफ्नो पकड अझ मबजुत बनाएको हो ।

जितपछि एटलेटिकोले शीर्ष स्थानमा सात अंकको अग्रता पनि खोलेको छ । आइबरले गोलरक्षक मार्को डिमिट्रोभिचको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीबाट आफ्नो खेल जीवनको पहिलो गोल गरे ।


त्यसपछि स्वारेजले दुई गोल थपे । उनको विजयी गोल ८९ औं मिनेटमा सम्भव भएको थियो । बिहीबारको अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १–१ को बराबरी खेले ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको