March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

लियोनल मेस्सीमाथि दुई खेलको प्रतिबन्ध

काठमाडौं, बार्सिलोनाका कप्तान लियोनल मेस्सीमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । बार्सिलोनामा आबद्ध मेस्सी पहिलो पटक स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड खाएर बाहिरिएका थिए ।

बार्सिलोनाले स्पेनिस फुटबल संघ(आरएफइएफ)ले लगाएको प्रतिबन्धमाथि अपील गर्ने जनाएको छ । ३३ वर्षीय फरवार्ड मेस्सीले बार्सिलोनामा ७५३ औं खेलमा पहिलो पटक रातो कार्ड पाएका थिए ।

स्पेनिस फुटबल संघको अनुशासन समितिले मेस्सीको गतिबिधिलाई लिएर आक्रामक रुपमा प्रस्तुत भएको भए मेस्सीले कम्तिमा चारदेखि १२ खेलसम्मको प्रतिबन्ध खेप्नुपर्ने थियो । तर अनुशासन समितिले आक्रामक गतिबिधिको रुपमा नलिई हिंसाको रुपमा मात्रै ब्याख्या गरेकोले दुईदेखि तीन खेलको प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

मेस्सीमाथि दुई खेलको प्रतिबन्ध लगाएपछि उनले बिहीबार हुने निर्धारित कोपा डेल रेको अन्तिम ३२ को खेलमा कोर्नेला विरुद्धको खेलमा अनुपस्थित हुनेछन् । आइतबार हुने एल्की विरुद्धको ला लिगा खेलमा पनि मेस्सी अनुपस्थित हुनेछन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको