February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

प्रधानमन्त्री कप पुरुष क्रीकेट प्रतियोगितामा आज दुई खेल हुँदै

  • 3
    Shares

किर्तिपुर, प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिमविरुद्ध मैदान उत्रदा बागमती प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

समूह ’बी’ मा रहेको बागमतीले २ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।

पहिलो खेलमा सुदूरपश्चिम बागमतीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुने खेलमा गण्डकी र प्रदेश एक भिड्ने छन् । गण्डकी र प्रदेश एक दुबै पहिलो जितको खोजीमा हुनेछन् ।

समूह ’ए’ मा रहेको दुबै टिमले अंक जोड्न सकेका छैनन् । पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश एक एपीएफसँग पराजित भएको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

१० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

शीर्ष समाचार

धेरै पढिएको