
काठमाडौं, एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि हासिल गरेको छ । हिजो राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा तीन दुई गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । निर्धारित समयमा बार्सिलोनका एन्टोनी ग्रीजम्यानले दुई तथा बिल्बाओका ओस्कार डी मार्कोस र इजर भिलालिब्राले एक–एक गोल गरेका थिए ।
अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा लियोनल मेस्सीले बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो भने भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका हुन् ।






