January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

प्रिमियर लिग: बर्नलीलाई हराउँदै म्यानचेष्टर फुटबलको शीर्ष स्थानमा 

  • 18
    Shares

काठमाडौं, म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा बर्नलीलाई एक शुन्यले हराउँदै युनाइटेड अंक तालिकाको शिर्ष स्थानमा पुगेको हो ।


युनाइटेडका लागि पउल पोग्बाले निर्णायक गोल गरेका थिए । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

गएराति नै भएको अर्को खेलमा एभर्टनले उल्भ्सलाई दुई–एक गोल अन्तरले पराजित गरेको छ । एभर्टनका लागि एलेक्स इओबी र माइकल किन तथा उल्भ्सका लागि रुबेन नेभेसले गोल गरे ।

एभर्टन १७ खेलमा ३२ अंक सहित लिगको चौंथो स्थानमा उक्लिएको छ । उल्भ्स २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको