
काठमाडौं, स्पेनिस ला लिगाका फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले अग्रता बढाएको छ । मंगलबार राति भएको खेलमा एथ्लेटिकोले सेभिल्लालाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो ।
एथ्लेटिकोका लागि एन्जल कोर्रेया र सउल निग्वेजले गोल गरे । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ ।
दोस्रो स्थानको रियल मड्रिड १८ खेलबाट ३७ अंक छ । सेभिल्ला १७ खेलबाट ३० अंकसहित छैटौँ स्थानमा छ । अर्को खेलमा ग्रानाडाले ओसासुनालाई दुई शुन्यले पराजित गरेको छ ।एजेन्सी







