January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

म्यानचेष्टर, चेल्सी र टोटनह्याम एफ ए कपको चौथो चरणमा

  • 2
    Shares

काठमाडौं, म्यानचेष्टर सिटी, चेल्सी र टोटनह्याम एफ ए कपको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा बर्मिङघम सिटीलाई तीन शुन्यले पराजित गर्दै म्यानचेष्टर सिटी चौथो चरणमा पुगेको हो ।


सिटीका लागि बर्नाडो सिल्भाले दुई र फिल फोडेनले एक गोल गरे । अर्को खेलमा मोरक्याम्बलाई चार शुन्यले हराउदै चेल्सी पनि अघिल्लो चरणमा पुगेको छ ।

चेल्सीको जितमा टिमो वेर्नर, मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे । टोटेनह्याम पनि मारिन एएफसीलाई पाँच शुन्यले हराउदै अघिल्लो चरणमा पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको