April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

क्रिकेटर कुन्दन सिंहको २५ वर्षको उमेरमै निधन 

काठमाडौं, क्रिकेटर कुन्दन सिंहको आइतबार बिहान निधन भएको छ । महोत्तरीको जलेश्वर-९ फुल्हटा निवासी सिंहको २५ वर्षको उमेरमा घरमै निधन भएको हो ।

उनी मिर्गौलामा गम्भीर समस्या देखिएपछि थलिएका थिए । आर्थिक अवस्था कमजोर भएका उनको रकम संकलन गरेर उपचार भइरहेको थियो । विद्यालय पढ्दै गर्दा बुबा–आमा गुमाएका उनी सिंहसँग जलेश्वरमा बस्दै आएका थिए ।

उनी प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान सिंह मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेपछि उनको डायलसिस गरिँदै आएको थियो ।

राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उनले चारपल्ट यू–१६, तीनपल्ट यू–१९ र तीनपल्ट खुला प्रतिस्पर्धामा आफ्नो प्रदर्शन देखाएका थिए । दोस्रो प्रधानमन्त्री कप सकेपछि एकेडेमी भर्ना भएका उनी अभ्यासका क्रममा बिरामी भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको