ला लिगा: ग्रानाडामाथि बार्सिलोनाको शानदार जित

काठमाडौं, ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ग्रानाडामाथि शानदार जित निकालेको छ । बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गरेका थिए ।
बार्सिलोनासँग कमजोर सावित भएको ग्रानाडाले खेलको पहिलो हाफमा तीन गोल खायो । पहिलो हाफमा बार्सिलोनका लागि ग्रिजम्यानले खेलको १२ मिनेटमा गोल गरे भने मेस्सीले ३५ र ४२ मिनेटमा दुई गोल गरे ।
मेस्सीको दुई र ग्रिजम्यानको १ गरेर पहिलो हाफमा ३–० ले पछाडि परेको ग्रानाडाले दोस्रो हाफमा थप एक गोल खाएको हो ।
ग्रिजम्यानले दोस्रो हाफको ६३ मिनेटमा थप एक गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रतामा पुर्याएका थिए । ७८ औँ मिनेटमा ग्रानाडाका भालेजो सीधै रातो कार्ड पाएर मैदान छोडे ।
भालेजोले मैदान छोडेपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा सीमित भएपछि भने बार्सिलोनाले गोल थप्न सकेन । यो जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । उसले १८ खेलबाट ३४ अंक जोडेको हो । ग्रानाडा २४ अंकसहित सातौं स्थानमा छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्